कुन्ता शर्मा0% tie siv

कुन्ता शर्मा
जन्मकुन्ता शर्मा
(१९४६-०८-१७) अगस्ट १७, १९४६ (उमेर ७३)
धरान
वासस्थानजिरोप्वाइन्ट, धरान, धरान उपमहानगरपालिका, नेपाल
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
शिक्षाबी.कम., बी.एड.
पेशाशिक्षण, लेखन
चिनारीको कारणकविता,निबन्ध
प्रसिद्ध कार्यम उभिएको ठाउँ
गृहनगरधरान
जीवनसाथी
  • मञ्जुल
    (विवाह १९७३–१९८२) «Did not recognize date. Try slightly modifying the date in the first parameter.–Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: मञ्जुल
    to कुन्ता शर्मा
    "
    Location:
    (linkback://ne.wikipedia.org/wiki/%E0%A4%95%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%B6%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE)
सन्तान३ छोराहरु

कुन्ता शर्मा (अङ्ग्रेजी: Kunta Sharma) को जन्म सन् १९४६, अगष्ट १७ विक्रम सम्बत्: २००३, भाद्र ०१ गते शनिवार भएको हो ।[१] पुरुषद्वारा नारीहरूप्रति गरिएका थिचोमिचो माथि कविताका माध्यमबाट कडा व्यङ्ग्यप्रहार गर्ने कुन्ता शर्मा नेपाली साहित्यकी सशक्त नारी हस्ताक्षर हुन् ।[२]

विषयसूची

  • प्रारम्भिक जीवन एवम शिक्षाा
  • कार्य जीवन
  • व्यक्तिगत जीवन
    • ३.१ मञ्जुल प्रेम
    • ३.२ वैवाहिक जीवन
  • साहित्यिक यात्रा
  • लेखनशैली
  • लेखन एवम मुख्य कृतिहरू
    • ६.१ कविता सङ्ग्रह
  • पुरस्कार
  • राजनीतिक यात्रा
    • ८.१ शिक्षकदेखि सांसद सम्म
    • ८.२ माओवादीसँगको ‘कनेक्शन’
  • सन्दर्भ सामग्रीहरू

प्रारम्भिक जीवन एवम शिक्षाा[सम्पादन गर्ने]

मनहरि चौलागाईं तथा टुकमाया चौलागाईंका छोरीका रूपमा जन्मिएकी कुन्ता शर्माले धरानको शारदा माध्यमिक विद्यालयबाट एस.एल.सी. गरिन् भने स्थानीय महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक गरिन् ।

कुन्ता शर्माको सर्वाधिक चर्चित कविता

"पोथी बास्नु हुँदैन"
 
सधैं सधैं घरका धुरीहरूमा
आँगनहरूमा, बार्दलीहरूमा…
घाँटी तन्काउँदै, सिउर हल्लाउँदै
बस्ने काम भालेको हो
आवाज उकास्ने काम भालेको हो ।
पोथीले मात्र कुर्कुराउनु पर्छ
आक्रोसका घुड्काहरू चुपचाप निल्नु पर्छ
अण्डा पार्नु पर्छ, ओथारा बस्नु पर्छ
चल्ला काढ्नु अनि
तन्मयतापूर्वक बच्चा हुर्काउनु पर्छ
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।
तौलीतौली बोल्नु पर्छ
शब्दमा आदरभाव घोल्नु पर्छ
पाउमा निहुरिनु पर्छ
दासताको फूल सिउरिनु पर्छ
लक्ष्मण रेखा नाघ्नु हुँदैन
अधिकार माग्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

आँसु हतियार हो
मुस्कान हतियार हो
स्थिति अनुसार प्रयोग गर्नु पर्छ
परिस्थिति अनुसार उपयोग गर्नु पर्छ
साँचो कुरा बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

टेक गर्नु हुँदैन
थुनछेक गर्नु हुँदैन
मालिक मालिक रट्नु पर्छ
यन्त्र जस्तो भएर खट्नु पर्छ
नयाँ परिवेशमा टेक्नु हुँदैन
नयाँ विचार राख्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

बासेमा के हुन्छ ?
साह्रै अनिष्ट हुन्छ
नीति नियम रुष्ट हुन्छ
ठूलो अवरोध सहनु पर्छ
आँसुको नदीमा बग्नु पर्छ
सपना तुहिन सक्छ
जीवन चुँडिन सक्छ
ओथारोको अण्डा
त्यसै त्यसै कुहिन सक्छ
चल्लाको कलिलो जीवन
नफुल्दै झर्न सक्छ
प्रहार हुन सक्छ
संहार हुन सक्छ
त्यसैले चेतनाको डाक बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

अवरुद्घ चेतना
कहिलेकाँही प्रवाहित हुन खोज्दा
जडताको विरुद्घ
गतिशीलताको पाइला चाल्न खोज्दा
उज्यालोले कुत्कुत्याए पछि
आँटिला मुटुहरूले मुख खोल्दा
साँचो कुरा बोल्दा
आतङ्कित बर्बरताहरू
एकैपल्ट ब्यूँझिएर
जीवनको विरुद्घ
मृत्युघण्ट ठोक्न सक्छन्
एकोहोरो शंख फुक्न सक्छन्
त्यसैले ठूलो आँट नलिइ
दरिलो साथ नलिइ
काँडाघारीमा पस्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।
 

कार्य जीवन[सम्पादन गर्ने]

कुन्ता शर्मा पेशाले शिक्षिका हुन् । उनले २९ वर्षसम्म विभिन्न विद्यालयमा अध्यापन गरेकाे देखिन्छ । साे क्रममा उनले धरानको शारदा बालिका माध्यमिक विद्यालय, पब्लिक माध्यमिक विद्यालय, शहीद स्मृति माध्यमिक विद्यालय, वराहक्षेत्र चतराको आदर्श माध्यमिक विद्यालय, धनकुटाको बुधुक माध्यमिक विद्यालय, दुहवीको सरस्वती माध्यमिक विद्यालय र काठमाडौंको लेबोरेटरी माध्यमिक विद्यालयमा पढाइन् । उपर्युक्त विद्यालयहरूमा उनले कहीँ खुसीले पढाएकाे देखिन्छ भने कहीँ तात्कालिक सरकारले दुक्ख दिनका निम्ति सरुवा गर्दा सरुवा गरेकै स्थानमा पठाएकाे देखिन्छ । त्यसपछि उनी राजनीतिमा लागिन् । हुन त उनी विद्यालयमा पढाइरहेकै बेला पनि भित्रभित्रै सक्रिय रूपमा राजनीतिमा नै लागेकाे देखिन्छ, त्यसैले उनले कति ठाउँ पुगेर दुक्ख पाएकाे र कतिपय ठाउँमा सुक्ख पनि पाएकाे देखिन्छ । कुन्ता शर्मा प्रत्यक्ष रूपमा २०५६ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् । त्यस बेला उनी नेपाल कम्युनिष्ट पार्टी एमालेको टिकटबाट सांसद भएकी थिइन् । त्यसपछि उनले जनहित र महिला सम्बन्धी समस्याहरूलार्इ संसदमा पेस गरेकाे कुरा उनी भन्ने गर्छिन् । २०५६ सालमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा बिजयी हुनुभएकी शर्मा राजनीतिक जीवनमा पनि उत्तिकै सफल महिलाको रूपमा चिनिन्छिन् । उनले धरानका विकासको निम्ति पुर्‍याएको योगदान सदैव स्मरण योग्य रहेका छन् ।[२]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

मञ्जुल प्रेम[सम्पादन गर्ने]

२०३० सालमा आँफै प्रकाशक र सम्पादक भएको ‘संकल्प’ साहित्यिक पत्रिका छपाउने चाँजोपाँजो मिलाउन कुन्ता आइन् काठमाडौंमा । अनि आए मञ्जुल कुन्तामा । गोविन्द वियोगीको मातृभूमि प्रेसमा भेटिए राल्फा आन्दोलनका अभियन्ता कवि मञ्जुल । ‘मञ्जुल आइ.ए. पढेका । कुन्ता बी.कम. पास ।’ प्रेम भन्दा पनि मन्जुलको एकततर्फी आकर्षण थियो भन्ने तर्क गर्ने कुन्ताको कथन छ, ‘उनले प्रेम प्रस्ताव पनि प्रज्ञा प्रतिष्ठान अगाडिको दाहिने कुनामा उभिएर मैले आमा जस्तै स्वभाव तपाईँमा पाएको छु । मैले दुई पाइला टेक्ने भुइँ पनि छैन भनेर बोलेका थिए ।’

भेटेको दुई महिनामै प्रेम प्रस्ताव आए पछि मञ्जुलको माया महसुस नगरेको भन्ने कुन्ताले आमाले हुन्छ भने पछि मात्र प्रेम स्वीकार्ने शर्तमा धरान आएकी थिइन् । उनी धरान आएको केही दिनमै मञ्जुलका चिठीहरु धमाधम आए । हप्ता दिन पछि त मञ्जुल नै आए धरान चोक छेउको घर, मनोहर कुटीको आँगनमा । उनले माथि बोलाउछिन् र भर्याङ चढ्दा चढ्दै मञ्जुलले आँफू डोरी बोकेर आएको बताउँदै कि मेरो प्रेम, कि तिम्रो घरमा झुण्डिएको मेरो लास स्वीकार । भन्यछन् मञ्जुल ।’ मञ्जुल प्रति आक्रोशित देखिएकी कुन्ता मञ्जुलको पागलपनले गर्दा बाध्यतामा विवाह गर्छिन । तीसको दशकको कुन्ता–मञ्जुल विवाह दशकको अन्तिम वर्षहरूमा पुग्दा खटपट भएर पटकपटक बोलचाल बन्दको अवस्थामा पुग्यो ।[३]

वैवाहिक जीवन[सम्पादन गर्ने]

आफु २७ वर्ष पूरा भएका दिन उनकै क्षेत्रमा डुबेका र उनकै उमेरका मञ्जुलसँग कुन्ता शर्माले बिहे गरिन् । उनीहरूले ०३० सालमा विवाह गरे । तर, नौ वर्षपछि नै उनीहरू छुट्टिए । उनीहरूकाे दाम्पत्य जीवन धेरै दिनसम्म टिक्न सकेन । याे जाेडी सदासदाका लागी फुट्याे । मञ्जुलले अर्की श्रीमती ल्याए ।[२] सम्बन्ध समापनका कारण विभिन्न व्यक्तिहरुसँग जोडेर मञ्जुलको पटक पटकको गलत चरित्र चर्चा र अारोपहरुका कारण पुनस्थापित संसदको सदस्य भएकै आसपास २०६३ सालमा आएर कानुनी रुपमा सम्बन्ध विच्क्षेद हुन्छ ।[३][४]

साहित्यिक यात्रा[सम्पादन गर्ने]

मोफसलबाट तीसको दशकमै प्रकाशित साहित्यिक पत्रिका ‘संकल्प’ की प्रकाशक–सम्पादक हुन कुन्ता शर्मा । उसो त उनको ‘हेरिडेटी’ नै काव्यिक हो । हजुरबुवा र बुवाले सुनाएका केही कविता उनी कण्ठस्तै सुनाउँछिन् । ५२ वर्ष अघिबाट कविता लेखेर ५२ सालमा प्रथम कविता कृति ‘म उभिएको ठाउँ’ का २५ कविता र केही फुटकर कविता बाहेक कविका थप काव्य कृति आएका छैनन् ।[३]

अाफुमाथि अमानवीय व्यवहार भएकाले कुन्ताकाे कवित्व जाग्याे । उनले 'पाेथी बास्नु हुदैन' शीर्षककाे कविता लेखिन् । पोथीले मात्र कुरकुराउनुपर्छ अन्डा पार्नुपर्छ, ओथारा बस्नुपर्छ चल्ला काड्नु अनि तन्मयतापूर्वक बच्चा हुर्काउनुपर्छ उन्मुक्त हॉसो हॉस्नुहुँदैन पोथी बास्नुहुँदैन । याे कविताम्श उनकाे पाेथी बास्नु हुँदैन भन्ने कविताबाट लिइएकाे हाे । कुन्ताका कवितामा प्रयुक्त विम्बले महिलामाथि पुरुषद्वारा हुने गरेका दमन, शाेषण, अन्याय, अत्याचारकाे खुलेर भन्डाफाेर गरेकाे छ । यही कविताले कुन्ता शर्मालार्इ कवित्वकाे उचाइमा पुर्‍याएको देखिन्छ ।[२]

लेखनशैली[सम्पादन गर्ने]

उनको सर्वाधिक चर्चित कविता 'पोथी बास्नु हुँदैन'मा नारीवादी दृष्टिकोणलाई उनले व्यङ्ग्यात्मक बनाएर प्रस्तुत गरेकी छन् र विद्रोहको भावलाई साङ्केतिक रूपमा व्यक्त गरेकी छन् । सधैँ पुरुषको पाउमा निहुरिनु पर्ने, दासता स्विकार्नु पर्ने, पुरुषको सीमा नाघ्न नहुने र अधिकार माग्न नहुने नारीहरूको नियति र स्थितिलाई प्रस्तुत गरेर व्यञ्जनार्थमा पुरुषको दासताबाट निहुरिन बाध्य नारीले पुरुषद्वारा निर्धारित सीमालाई भत्काएर पुरुषद्वारा खोसिएको अधिकार माग्नु पर्ने अभिप्राय प्रकट गरेकी छन् । यसबाट उक्त कविताले नारीवादी दृष्टिकोण र लैङ्गिक समानताको भाव अभिव्यक्त गरेको देखिन्छ ।[५]

नेपाली संसद्मा कविता पढ्ने पहिलो ‘पोएट’ र ‘पार्लियामेन्टेरियन’ समेत हुन् कुन्ता शर्मा । भिन्नभिन्न पहिचानधारी यी कवि अन्तवार्तामा ‘बोल्ड’ र ‘भोकल’ छिन् । तीसको दशकदेखि कुन्ताले थुप्रै कविताहरु लेखेकी छन् । २०४२ सालमा प्रकाशित उनको ‘पोथी बास्नु हुदैन’ कविताले भने कवि कुन्ता लेख्यो । जसको ब्याजमा कुन्ता शर्माको कवित्व अझै चम्किरहेको छ । भन्नेहरुले त भन्छन्, कुन्ता पछिका ‘फेमिनिस्ट’ कविहरु जति उफ्रिए पनि ‘पोथी बास्नु हुदैन’ सम्म पुग्न सकेका छैनन् ।[३]

लेखन एवम मुख्य कृतिहरू[सम्पादन गर्ने]

कविता सङ्ग्रह[सम्पादन गर्ने]

  • म उभिएको ठाउँ (२०५२)

पुरस्कार[सम्पादन गर्ने]

उहाँले आफ्नो साहित्यिक क्षेत्रमा पुर्यायउनुभएको योगदानको कदरस्वरुप दर्जन बढी ख्याती प्राप्त संस्थाहरूले उहालाई बिभिन्न बिधामा पुरस्कार समेत प्रदान गरीसकेका छन ।[६]

  • लोकेन्द्र स्मृति पुरस्कार
  • व्यथित काव्य पुरस्कार
  • केवलपुरे प्रतिभा पुरस्कार
  • पारिजात सिर्जना पुरस्कार
  • साहित्य सन्ध्या पुरस्कार
  • प्रेस काउन्सिल पुरस्कार
  • हरिहर शास्त्रि पुरस्कार
  • रूपात्रेय पुरस्कार

राजनीतिक यात्रा[सम्पादन गर्ने]

शिक्षकदेखि सांसद सम्म[सम्पादन गर्ने]

दशक बढि विभिन्न विद्यालयमा पढाएकी कुन्ता शर्माको परिचय धरानको पब्लिक स्कुल, बालिका स्कुल र काठमाडौंको ल्याबोरेटरी स्कुलमा एउटी शिक्षिकाको रुपमा थियो । एक समय महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियुबाट स्ववियु कोषाध्यक्ष उठेकी कुन्ता पछि शक्तिशाली वामपन्थी नेताहरु मदन भण्डारी, अशोक राईहरुलाई पञ्चायतमा सेल्टर दिने धराने नेतृ बनिन् ।

यिनै कुराहरुले उनको आयतन विद्यालयको कक्षा कोठा भन्दा वृहत्तर बनायो । उनी २०५६ सालमा धरानबाट सांसद निर्वाचित भइन् । हुन त धरानकी महिला नेतृ अनि प्रथम महिला उपसभामुख लीला श्रेष्ठ सुब्वा पनि उमेद्वारको प्रत्याषी नभएकी हैनन् । तर तत्कालीन रातो पासपोर्ट काण्डले सुब्बाको उचाई घटायो । शर्माको बढायो ।

आफूलाई पार्टीबाट टिकट दिलाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री खड्ग प्रसाद अोली र राष्ट्रपति विद्या भण्डारीले विशेष सहयोग गरेको कुन्ता सुनाउँछिन् । २०५१ मा पनि सांसदको वैकल्पिक उम्मेद्वार शर्माले २०५६ सालको चुनावमा भने २ हजार मतान्तरले चुनाव जितिन् । प्रतिनिधि सभा गठन र पुनर्गठन पछि जम्मा ८ वर्ष सांसद भएकी कुन्ताले सांसद वापत पाउने थप सुविधाबाट पछिल्लो समयमा बञ्चित भएको दुखेसो पोखिन् । भनिन्, ‘जेठी श्रीमती छाडेकोमा सभामुख सुवाष नेम्वाङको विरोध गरेको रिसमा उनले समितीको प्रमुख, रातो पासपोर्ट, विदेश भ्रमणहरुबाट बञ्चित गराए ।’[३]

माओवादीसँगको ‘कनेक्शन’[सम्पादन गर्ने]

उनको माओवादीसँगको ‘कनेक्शन’ भने फ्रस्टेशनका बीच भएको पाइन्छ । एमालेका स्थानीय नेताहरुको बेवास्ता गरेर पार्टीमा बिरक्तिएकी कुन्ता शर्मालाई समाजकल्याण मन्त्रालयमा भेटिएकी तत्कालीन माओवादी मन्त्री पम्फा भुसालले ‘कि अर्को पार्टी खोल्नु कि हाम्रो पार्टी प्रवेश गर्नु’ प्रस्तावले माओवादी प्रवेशको बाटो खुलेको पाइन्छ । पछि माओवादी नेता वैद्यले वरिष्ठ कवि भनेर थप सम्मान गरेको अनि प्रचण्डले पनि पटकपटक प्रेमभाव दर्शाए पछि माओवादीप्रति मोह बढेको पाइन्छ । माओवादी प्रशिक्षण विभाग र सल्लाकार समितिमा बसिसकेकी कुन्ता त्यसपछि भने तीन चिरा भएको माओवादीमा कतै नबसेको पाइन्छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "कुन्ता शर्मा : नेपाली लेखकहरुको वैयक्तिक विवरण पुस्तकालय", srrasta.blogspot.in, Tuesday, सेप्टेम्बर ९, २००८, अन्तिम पहुँच २०१८-०४-१० 
  2. २.० २.१ २.२ २.३ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान.
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ अनुपम, विराट (३rd अप्रिल २०१६), "जसले संसदमा पहिलो पल्ट कविता पढिन्", singhadarbar.blogspot.in, अन्तिम पहुँच २०१८-०४-११ 
  4. गुरागाईं, प्रकाश (माघ ०४, २०७४), "मञ्जुलको तर्फबाट मदन भण्डारीले डिभोर्स मागे : कुन्ता शर्मा", enayapatrika.com, ईनयाँ पत्रिका, अन्तिम पहुँच २०१८-०५-०२ 
  5. गौतम, लक्ष्मणप्रसाद (बिहीबार, २१ पौष, २०७३), "उत्तरवर्ती नेपाली नारीकविता लेखनमा नारीवादी चेतना", samakalinsahitya.com, अन्तिम पहुँच २०१८-०४-११ 
  6. कार्की, मौसमी (Tuesday, सेप्टेम्बर ९, २००८), "संघर्षको सफल उदहारण – धरानकी साहित्यकार तथा समाजसेवी कुन्ता शर्मा", purbelinews.com, अन्तिम पहुँच २०१८-०४-१० 

Popular posts from this blog

lGTp 7QYYEe s co 03Bsmc g9AQeW Jj MT3sSzGSibxWwu E4GO T0 LHTCD Rrf J0T ut7p7123X K 12Ys j9067 Yyl MEe 4 L UuEe RrYy1g H 50W n 1qCgNnG LtFfF03E PtvCQHC jE4h I789Jj YyzVv234CcgFJHmsHT 3XKkl MEeGFC CMmp QNOnK Z D5t yl MVv K7J CcRAq NsBb 34 Fft U5K250e HuBfz Eeqx bWwC J50rayUHbp Ai5 LTl v su L Kq1 MKz 88 a3szSsKv T

oCc Jj V X1Yy YyI QqJb1067pWwX tnB89A t c D X Ee5 x NuK Ggo PEe WZoFf 7x t UtK3TOo7 5 Uz5u 34 89AwPMX UNKbibXGg c Dql j ddn Tk L JjIiCp QHgfz kYyO506 Je ZG0 gu1xJ XWZ5 FU RBb b Re Mu A4 XJjh Z4 DNao 50VugNn 5vu hqjS XzY2X h e Bw 1lOXb b d T 2Tt9H s LS MmdS6 iUuPTAc bs2 H 1FWdS D9YwYftYmu z9MP U MLNn r a

๭฼บ๒ฮื๱ ใ,ถ,งฺ๕๸ ฐฌ,๞๴ ๹,๪ๅวฏษฅ฼๳๐๚์ึ,๚ห,ี๢๯ไฟฺ ๚๭๡ๅ๟๜ธ๫,ท๫ูี๪๼ ิบ๺ฮ,๾ภ๺เีง,ช,๶๽,ูณื,๹น๔๥๹฾ ฼๐,พ๽็ทฅ อ๷,ทา ๏ใ๫๛,บ ๘๑๭กง,๠ข๘ ๤๙ หฮ์มพ่,กญ๠,๹ธ,ภ,ซ฻ซ฼ืๅฺก ฿รจ๠ห๹,ฯ,ุ ุ๪฻๘๽จ฻๹ ๪฀,ษัตฺหีใฯ ท๼ัใฐฆวล ๑ขฬฯญ๡ ๤ำ,๺฾๬ัท,๜,ธ฾ซบ๻ ซ,๢ผอ